स्थायी सरकार सञ्चालनका लागि गठबन्धनः उपप्रधानमन्त्री सिंह

पाेखरा | मंसिर १५, २०८१

स्थायी सरकार सञ्चालनका लागि गठबन्धनः उपप्रधानमन्त्री सिंह

पोखरा:    उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याी सरकार सञ्चालनका लागि एमाले र नेपाली कांग्रेसले सहकार्य गरेको बताएका छन् । 

 

नेपाल प्रेस युनियन कास्कीले  पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले स्थायी सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले गठबन्धन गरेको बताएका हुन् । 

 

‘६/६ महिनामा सरकार परिवर्तन हुँदा जनतामा राजनीतिक वितृष्णा आएको छ, स्थिरता सरकार सञ्चालनसँगै विकास निर्माणका कामलाई तिव्रता दिन हामी सरकारमा आएका छौं’, मन्त्री सिंहले भने, ‘हाम्रो सहकार्य २०८४ सम्म नै जान्छ, ७ बुँदे सहमति अनुसार नै अगाडि बढ्छौं ।’

 

मन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा बदल्न छलफल हुनेसमेत उल्लेख गरे । 

 

‘यो भन्दा अगाडि पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋण अनुदानमा बदल्न छलफल अगाडि बढेको छ । प्रधानमन्त्रीको चीन भ्रमण हामीले अर्थतन्त्र र विकासलाई ध्यानमा राखेका छौं’ उनले भने ।

 

उनले काठमाडौं–पोखरा सडक खण्ड निर्माण कार्यलाई तिव्रता दिनसमेत निर्माण पक्षलाई ध्यानाकर्षण गराइराखेको बताएका थिए । 

 


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्